कांग्रेसको महाधिवेशन तयारी अन्तिम चरणमा

कांग्रेसको महाधिवेशन तयारी अन्तिम चरणमा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औँ महाधिवेशन तयारी सम्बन्धि उपसमितिका संयोजकहरुसँग ब्रिफिंग लिएका छन्।

सोमबार पार्टी कार्यालय सानेपामा महाधिवेशन आयोजक समिति अन्तर्गत रहेका उपसमितिका संयोजकहरुले अहिलेसम्म भएका तयारी तथा प्रगति बारे सभापति देउवालाई जानकारी गराएका हुन्। 

बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रम उपसमिति, प्रचार प्रसार उपसमिति, आवाश उपसमिति, स्वास्थ्य उपसमिति खाद्यान्न उपसमिति, बिदेशी अतिथि उपसमिति लगायतका उपसमितिहरुले आफ्नो तयारी सम्बन्धि प्रगति सुनाएका थिए। 

बैठकपछि संचारकर्मीहरुसँग बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवशेनमा पार्टीको महामन्त्रीको संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेस हुने जानकारी दिए। महाधिवेशनका लागि नेपालका मुख्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको पनि प्रवक्ता शर्माले जानकारी दिए। 

प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने र मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने, २९३ वटा मतदान बुथ र १००० वटा मतपत्र खसाल्ने बक्स हुने जानकारी दिए। आगामी २४ गते दिउसो १ बजे उद्घाटन हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले नेतृत्वसहित केन्द्रिय पदाधिकारी चयन गर्नेछ।

Skip This
Skip This
Logo