काठमाडौं उपत्यकामा १२२ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १२२ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा १२२ जना कोराेना संक्रमित थपिएका छन्। आज काठमाडौंमा ८२ जना, भक्तपुरमा ९ जना र ललितपुरमा ३१ जना संक्रमित थपिएका हुन्।

देशभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ८१० जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २३ हजार १०२ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेको सङ्ख्या ९५ हजार ६६२ जना रहेको छ।

आज ३०४ जना निको भएका छन्। यससँगै निको हुनेको कूल सङ्ख्या ८ लाख ५ हजार २०५ पुगेको छ। निको हुने दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

२ जनाको मृत्यु 
पछिल्लो २४ घण्टामा थप २ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४५ पुगेको छ। अहिले मृत्युदर १.४ प्रतिशत छ। 

त्यसैगरी पछिल्लो समय १ लाख २७ हजार ७५३ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ३५२ रहेको छ।

Skip This
Skip This
Logo