सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

केन्द्रबिन्दु
0
Shares

बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएकोमा आज पाँच सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको हो।

आज छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रति १० ग्राम ७८ हजार सात सय पाँच पैयाँ कायम भएको महसंघले जनाएको छ। 

बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ। 

Skip This
Skip This
Logo