काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । मंगलबार राप्रपाका वरिष्ठ नेता दीपक बोहरा लगायतका नेताहरु कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पुगेर राप्रपा दर्ताका लागि निवेदन दिएका हुन् ।
गत फागुन २४ गते तत्कालीन राप्रपा र राप्रपा संयुक्तबीच एकताका लागि आधार पत्रमा हस्ताक्षर गरिएको थियो । सोही अनुसार फागुन २९ मा पार्टी एकता भएको थियो । तर छ महिनाभित्र चुनाव चिह्न टुंगो लगाउने सहमति गरिएको भएपनि चुनाव चिन्ह गाईं राख्ने वा हलो भन्ने विषयमा सहमति जुट्न सकेको थिएन ।































प्रतिक्रिया