साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले घटेको। आज नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घटेर दुई हजार चार सय ४९ दशमलव ८ ९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ।
आज दुई सय ३१ कम्पनीको ६२ लाख २३ हजार सात सय २१ कित्ता शेयर खरिदबिक्री हुँदा कुल दुई अर्ब ६७ करोड ३३ लाख ८ हजार सात सय ९१ रुपैयाँ ६८ पैसाको कारोबार भएको छ। कारोबारको आधारमा सबैभन्दा बढी हिमालय डिस्टिलरीको शेयर कारोबार भएको छ। यस कम्पनीको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
आज १३ वटामध्ये १० वटा उपसमूहको सूचकमा रातो पोतिएको छ । आज उच्च नाफा कमाउनेमा सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताहरू रहेका छन्। यस कम्पनीको शेयर मूल्य ४.५५ प्रतिशतले बढेको छ।
त्यस्तै, आज सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शेयर मूल्यमा गिरावट आएको छ। यो कम्पनीको शेयर मूल्य ५.८२ प्रतिशतभन्दा बढीले घटेको छ।































प्रतिक्रिया