ग्लोबल आईएमई बैंक गाईघाट शाखाले आफ्ना ग्राहकहरूलाई वित्तिय साक्षरता तथा डिजिटल बैंकिङसम्बन्धी अनुशिक्षण दिएकाे छ।
बिहीबार होटल टाउन हलमा आयोजित अनुशिक्षणमा सहभागीहरूलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मिसकल बैंकिङ, संस्थागत बैकिङ कारोबारका बारेमा जानकारी गराइएको हाे।
ग्लोबल आईएमई बैंकले आफ्नो ग्लोबल एप्सका बारेमा जानकारी दिएकाे हाे। डिजिटल कारोबार गर्दा के-के कुरामा ध्यान दिनु पर्ने हो, के-के सुरक्षित राख्नु पर्दछ भनेर जानकारी गराइएकाे थियाे। मोबाइल बैंकिङ गर्दा कारोबार गर्ने ट्रान्जेसन कोड र खाता सुरक्षित राख्न आग्रह गरिएको छ।
त्यसैगरी मोबाइल बैंकिङ कारोबारबाट एक पटकमा एक लाख, दैनिक दुई लाख र मासिक १० लाख रुपैयाँसम्म मात्र कारोबार हुने जानकारी दिइएकाे छ। इन्टरनेट बैंकिङबाट एक पटकमा १० लाख, दैनिक २० लाख र महिनामा ५० लाखको कारोबार गर्न सकिनेछ।































प्रतिक्रिया