इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ४३ पुगेको छ। ज्वालामुखी विस्फोटमा परी १०४ जना घाइते भएका यहाँँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले बिहीबार जानकारी दिएको छ।
ज्वालामुखीबाट निस्किएको खरानीको कारण उद्धारको गर्ने स्थानमा अँध्यारो र बादलले ढाकिएको हुनाले बिहीबारको उद्धार प्रक्रिया रोकिएको व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले बताएका छन्।
गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वीक्षेत्रमा लुमाजाङ्ग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो। यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन्। ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ।
प्रभावित क्षेत्रबाट करिब ६ हजार व्यक्तिलाई १२१ ओटा अस्थाई वासस्थानमा सारिएको छ।जाकार्ता समय अनुसार गत शनिबार दिउँसो ३ः१० बजे तीन हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो।





























प्रतिक्रिया