जेभियर इन्टरनेसनल कलेजले पायाे दक्षिण एसियालीस्तरका दुई उत्कृष्ट अवार्ड

जेभियर इन्टरनेसनल कलेजले पायाे दक्षिण एसियालीस्तरका दुई उत्कृष्ट अवार्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको कालाेपुलमा रहेकाे जेभियर इन्टरनेसनल कलेज दक्षिण एसियालीस्तरका दुई पुरस्कारबाट सम्मानित भएको छ। लामो समयदेखि शैक्षिक क्षेत्रमा योगदान पुर्याएकाे साथै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको जेभियर कलेज दुई पुरस्कारबाट सम्मानित भएको हाे।

श्रीलंकाको कोलम्बोमा भएको दक्षिण एसियाली पाटर्नसिप समिट एवं विजनेस एक्सिलेन्स अवार्ड समारोहमा जेभियर इन्टरनेशनल कलेजले २ विधामा साउथ एशियन बिजनेस एक्सिलेन्स अवार्ड–२०२१ जितेको हो।

जेभियरले सर्वश्रेष्ठ ई-लर्निङ अभ्यास पुरस्कार र महामारीको समयमा CSR परिचालनका लागि उत्कृष्टता अवार्ड प्रदान गरेको कलेजका सीईओ लोकबहादुर भण्डारीले जानकारी दिए।

डिसेम्बर १० मा श्रीलंकाको ताज समुद्र होटलमा आयोजित कार्यक्रममा श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले सो पुरस्कार प्रदान गरेका हुन्। 

यस कलेजले यसअघि यही वर्षको मार्च महिनामा पनि वर्ल्ड लिडर समिट अवार्ड जितेको थियो। त्यसबाहेक पनि लामो समयदेखि जेभियरले उत्कृष्टताका अवार्डहरु हात पार्दै आएको छ।

Skip This
Skip This
Logo