नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा

नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा

केन्द्रबिन्दु
0
Shares

नेपाल लाइफ इन्स्योरेन्सका संस्थापकले सेयर बिक्री गर्ने भएका छन्। कम्पनीका संस्थापक सेयरधनीहरू अशोककुमार अग्रवाल र प्रुडेन्सियल क्यापिटल मेनेजमेन्टको नाममा रहेको दुई लाख १३ हजार एक सय कित्ता सेयर बिक्रीमा ल्याएको कम्पनीले सोमबार एक सूचना प्रकाशित गरी जनाएको छ।

कम्पनीको संस्थापक सेयरधनीहरू अशोककुमार अग्रवाल र प्रुडेन्सियल क्यापिटल मेनेजमेन्टको नाममा रहेको सेयर बिक्रीमा आएको हो।

कम्पनीको संस्थापक सेयरधनी अशोककुमार अग्रवालको १३ हजार १०० कित्ता र प्रुडेन्सियल क्यापिटलको दुई लाख कित्ता सेयर बिक्रि गर्ने सूचनामा जनाएको छ। 

सो सेयर खरिद गर्नका लागि संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका २०७७ को निर्देशन नं. ११ बमोजिम सुरुमा संस्थाका संस्थापक सेयरधनीले खरिद गर्नपर्ने हुन्छ। संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेमा सर्वसाधारणले उक्त सेयर खरिद गर्न सक्नेछन्।

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरेर कम्पनीको केन्द्रीय कार्यालय, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन दिनु पर्नेछ।

Skip This
Skip This
Logo