१३.५ प्रतिशत लाभांश पारित गर्दै ग्लोबल आइएमई बैंकको १५औं साधारण सभा सम्पन्न

१३.५ प्रतिशत लाभांश पारित गर्दै ग्लोबल आइएमई बैंकको १५औं साधारण सभा सम्पन्न

केन्द्रबिन्दु
0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेडको १५औँ वार्षिक साधारणसभा सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सम्पन्न भएको छ। 

आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनिहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र ३.५ प्रतिशत नगद लाभांश गरी जम्मा १३.५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै बैंकको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो। 

बैंकले आर्थिक वर्ष २०७७/७८ मा सञ्चालन मुनाफा ७ अर्ब ९ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनश शेयर वितरण पश्चात बैंकको चुक्तापुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ । 

साधारणसभामा बैंकको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाकालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए।

बैंकले सदाझैं आफ्नो व्यवसायिक रणनीतिक योजना अनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारमा सन्तुलित रुपमा बैंकको उपस्थिती वृद्धि गर्दै जाने उनले बताए। 

कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधि मार्फत सेवा प्रवाह गर्दै ग्राहकहरुलाई थप प्रभावकारी सेवा पुर्याउन लागिपरेको पनि उनले जानकारी गराए। 

साथै, बैंकले अझै सर्वसुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने तथा राष्ट्र बैंकले २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षको रुपमा मनाउने घोषणाअनुसार देशैभर डिजिटल भुक्तानीका लागि बैंकिङ्ग साक्षरता कार्यक्रमहरु आयोजना गर्दै जाने पनि जानकारी गराए। 

यसका साथै, अध्यक्ष ढकालले शेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा उच्च लाभांश प्रदान गर्न बैंक प्रयासरत रहेको समेत बताए। 

बैंकको खुद मुनाफा आ.व.२०७६/७७ को तुलनामा आ.व.२०७७/७८ मा ४३.२० प्रतिशतले वृद्धि भई ४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

हाल बैंकले २ खर्ब ७४ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ। 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७६ जिल्लामा २८७ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ८५० भन्दा बढि सेवाकेन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। 

Skip This
Skip This
Logo