पहिलो टी-२० मा वेस्टइण्डिजद्वारा पाकिस्तान पराजित

पहिलो टी-२० मा वेस्टइण्डिजद्वारा पाकिस्तान पराजित

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानले पहिलो टी–२० क्रिकेट खेलमा वेस्टइन्डिजलाई पराजित गरेको छ। घरेलु मैदान कराँचीमा ६३ रनको जितसँगै पाकिस्तानले तीन टी-२० को शृंखलामा १-० को अग्रता बनाएको हो। 

२०१ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १९ ओभरमा १३७ रनमा अल आउट भयो।  वेस्टइन्डिजका ओपनर शाई होपले सर्वाधिक ३१ रन बनाए। ओडियन स्मिथले २४ रनको योगदान दिए। 

पाकिस्तानका बलर मोहम्मद वासिम जुनियरले ४ विकेट लिए। यस्तै शादब खानले ३ विकेट लिए ।

 यसअघि कराँचीमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन बनाएको थियो ।

पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ७८ रन बनाए। यस्तै हैदर अलीले ६८ रनको योगदान दिए । वेस्टइन्डिजका रोमारियो शेफर्डले २ विकेट लिए। अब, दोस्रो खेल मंगलबार हुनेछ। 

Skip This
Skip This
Logo