कांग्रेस महाधिवेशनः सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु

कांग्रेस महाधिवेशनः सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसकाे सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ। पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको मतदान सुरु भएको हो । 

केन्द्रीय कार्यसमितिको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो मत खसालेका छन्।

१४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिमा प्रत्यासी थिए। 

जसमा देउवाले २२५८ मत पाएका थिए ।  कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाए।

देउवालाई सिंह, निधि र गुरुङले समर्थन गर्ने जनाएका छन्। यता काेइराला भने एक्लै मैदानमा छन्।

Logo