विश्व नम्बर एक तथा सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् ।
सोमबार राति रोममा सम्पन्न फाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् ।
सर्बियन जोकोभिचले डिएगोमाथि ७–५ र ६–३ को सेटमा जित निकाले । यससँगै जोकोभिचले पाँचौ पटक इटालियन ओपनको उपाधि जितेका छन् । ३६ औं पटक मास्टर्स उपाधि जितेसँगै उनी यो उपाधि सर्वाधिक धेरै जित्ने खेलाडी पनि बनेका छन् ।
उनले ३५ मास्टर्स उपाधि जितेका राफायल नाडालको कीर्तिमान भङ्ग गरेका हुन् ।































प्रतिक्रिया