अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या बोस्टन र वासिंटनको जनसंख्याभन्दा बढी

अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या बोस्टन र वासिंटनको जनसंख्याभन्दा बढी

केन्द्रबिन्दु
0
Shares

अमेरिकामा कोभिडबाट आठ लाखभन्दा बढीको मृत्यु भएको छ। यो संख्या अमेरिकी सहर बोस्टन र वासिंटनको जनसंख्या भन्दाबढी हो। 

अहिलेसम्म पाँच करोड अमेरिकी कोभिड संक्रमित भएका छन् । मृत्यु हुनेमध्ये अधिकांश व्यक्ति खोप नलगाएका र बृद्धबृद्धा छन्। कोभिडबाट गत वर्षभन्दा यो बर्ष धेरै अमेरिकीको मृत्यु भएको छ। 

खोपको पहुँचको बाबजुद पनि अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ। पछिल्लो ११ सातामा १ लाख जनाको मृत्यु भएको छ। यो दर यसअघिको तुलनामा निकै धेरै हो। 

आजभन्दा ६५० दिनअघि सियाटलमा कोभिडबाट पहिलो अमेरिकीको मृत्यु भएको थियो। गत वर्ष फाइजर खोपलाई स्वीकृति दिएपछि पनि अमेरिकामा कोभिडकै कारण ३ लाख जनाको मृत्यु भइसकेको छ।

अप्रिलमा अमेरिकाले मोडेर्ना र जोनसन एन्ड जोनसनलाई पनि स्वीकृत गरेको थियो। यी तीनै खोप अहिले सबै उमेर समूहका व्यक्लिाई सर्वसुलभ छ।एजेन्सी

Logo