आमाबुबाले दोस्रो विवाह गरेपछि नाबालक छोराछोरीको बिचल्ली

आमाबुबाले दोस्रो विवाह गरेपछि नाबालक छोराछोरीको बिचल्ली

केन्द्रबिन्दु
0
Shares

बाजुराको बुढिनन्दा नगरपालिका–१ पिपलडालीका दुई बालबालिकाको बिचल्ली भएको छ। बुबाआमाले अर्को बिहे गरेपछि उनीहरूको बिचल्ली भएको हो। बुबा हर्क लुवार र आमा रिठु लुवारले दोस्रो विवाह गरेपछि ७ वर्षिया दिपीका लुवार र ४ वर्षका पुष्प लुवारको बिचल्ली भएको हो। 

साथमा रहेका हजुरबुबा जंगवीर लवार र हजुर आमा धिरु लुवार पनि वृद्धवृद्धा भएकाले उनीहरूको पालनपोषणमा समस्या भएको छिमेकी मनवीर विकले बताए। 

छोरा र बुहारीले दोस्रो बिहे गरेपछि नातिनातिनीको बिचल्ली भयो,’ हजुर बुबा जंगवीरले भने, ‘उनीहरू विद्यालयसमेत जान पाएका छैनन्।’ 

हलिया परिवारका उनीहरूको गाँसबासको समेत टुंगो छैन। ‘बिहान खाए बेलुका के खाने ? बेलुका खाए, बिहान के खाने ? भन्ने चिन्ता भएकोले नाबालक नातिनातिनीलाई बिद्यालय पठाउन सकेको छैनौँ,’ हजुर आमा धिरुले गुनासो गरिन्। 

मागेर वा दैनिक ज्यालादारीको रूपमा काम गरेर जीविकोपार्जन गरिरहेको धिरु लुवारले बताएकी छन्। उमेरले पनि ६५ वर्ष नाघिसकेका यी दम्पती न काम गर्न सक्छन्, न कसैको घरबाट मागेर ल्याउन नै सक्छन्। ‘उमेर भए त काम गरेरै भए पनि, अर्काको घरमा गएर हलो जोतेर भए पनि खान्थेँ, नातिनातिना पाल्थेँ,’ जंगवीरले भने। 

जंगवीर र धिरु लौराको सहारामा हिँड्डुल गर्छन् । उनीहरूकै काँधमा नाबालक नातिनातिनीको पालनपोषणको जिम्मेवारी आइपरेको छ। यसका लागि उनीहरू सहयोगको लागि आग्रह गर्छन् । दोस्रो बिहे गरेर छोरा सम्पर्कविहीन भएपछि आफूसहित नातिनातिनीको विचल्ली भएपछि जंगवीर दम्पति चिन्तित् भएका छन्।

तस्बीरः नातिनातिनीको विचल्ली भएपछि जंगवीर दम्पति 

Skip This
Skip This
Logo