१२ कक्षाको उत्तरपुस्तिका पुनः परीक्षण गर्ने सहमति

१२ कक्षाको उत्तरपुस्तिका पुनः परीक्षण गर्ने सहमति

केन्द्रबिन्दु
0
Shares

नतिजामा असन्तुष्टि जनाउँदै मंसिर १९ देखि आन्दोलनरत विद्यार्थीले आन्दोलन स्थगित गरेका छन्।

आन्दोलनरत विद्यार्थी र परीक्षा व्यवस्थापन बोर्डबीच उत्तरपुस्तिका पुनः परीक्षण गर्ने सहमतिपछि आन्दोलन स्थगित गरिएको हो। सहमति अनुसार १५ दिनभित्रै नतिजा सार्वजनिक गर्ने बताइएको छ।

आन्दोलनका क्रममा प्रहरी हस्तक्षेपका कारण घाइते विद्यार्थीको नि:शुल्क उपचार गर्ने सहमति पनि भएको छ। पुनः परीक्षणको शुल्क भने सम्बन्धित क्याम्पसले तिर्ने गरी सहमति गरिएको आन्दोलनरत विद्यार्थीले बताएका छन्।

कानुन संकायका विद्यार्थीहरूले निकै न्यून अंक आएको भन्दै पुनः परीक्षणको माग गरेका थिए। केफ र पश्चिमाञ्चल क्याम्पसले आफ्ना विद्यार्थीको शुल्क तिरिदिन लागेको छ। गण्डकीका ७ वटा क्याम्पसबाट पहिलो पटक कानुन विषयको पढाई थालिएको हो। परीक्षा दिएका २ सय विद्यार्थीकै नतिजा अप्रत्याशित आएको विद्यार्थीहरूको गुनासो छ।

प्रदेश परीक्षा व्यवस्थापन बोर्डले भने नतिजाबारे जानकारी नभएको भन्दै पन्छिँदै आएको छ। कार्यालय प्रमुख विष्णुनारायण श्रेष्ठले समन्वय गरेर समस्या समाधानमा लाग्ने बताए।

Skip This
Skip This
Logo