सिन्धुपाल्चोक र काभ्रेबीचको सीमा विवाद चर्किंदै गएको छ। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११ डुम्रे माझीटार र बन्देउटारको अनुमानित एक सय घरधुरीका नागरिकले आफूले भोगचलन गरेको जग्गाको लालपूर्जा नपाउँदा राज्यले प्रदान गर्ने सेवासुविधावाट बञ्चित भएको उनीहरूको गुनासो छ।
‘हामीसँगै बसोवास गर्ने धेरै परिवारमा आमा काभ्रे छोराछोरी सिन्धुको बासिन्दा छौं’, चौतारा साँगाचोकगढी ११ का तस्बिर माझीले भने ।
जनकराज गिरी प्रधानपञ्च हुँदा २८ माघ २०३३ मा राजपत्रमा र २०३८ सालमा सिन्धुकै भूमि भनि नापी भएकोमा काभ्रेमा गोविन्द उप्रेती सांसद भएपछि आफू अनुकुल निर्णय गरि राज्यको कर्मचारीलाई नै दवाब पारेर मालपोत, श्रेष्ता र नापीको लगतसमेत कब्जामा लिई काभ्रेमा पारेर गैरकानुनी कार्य गरेको भन्दै अधिवक्ता रोजनराज गिरीले आक्रोस पोखे।
काभ्रेको भुम्लु गाउँपालिकाले जबरजस्ती नदी किनारामा डोजर प्रयोग गरी अरनिको राजमार्ग नै धरापमा पर्ने गरि सिन्धुको भूमिमा डोजर चलाएको भन्दै बन्देउटार र डुम्रेमाझी गाउँका बासिन्दाले विरोध गरेका हुन्।
बिहीबार अधिवक्ता रोशनराज गिरीको अगुवाइमा एक घन्टे चक्काजामसमेत गरिएको थियो। उनीहरूले चक्का जामपछि गरिएको पत्रकार सम्मेलनमा सिन्धुको भूमि काभ्रेले जबरजस्ती हडपेको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।





























प्रतिक्रिया