अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सले सबै अशोक लेल्यान्डका गाडीहरुका लागि विन्टर सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ।
आइतबारदेखि प्रारम्भ हुने सो क्याम्प आगामी शुक्रबारसम्म चल्ने छ। सर्भिस क्याम्पमा पार्ट्समा ५ प्रतिशत र लुब्रिकेन्टमा १२ प्रतिशत छुट प्रदान गरिने छ। सो अवसरमा गाडीको ४५ प्वाइन्ट फ्रि चेकअप गरिने छ। त्यसैगरी चालकहरुको आँखा र स्वास्थ्य जाँच समेत गरिनेछ।
नेपाली बजारमा अशोक लेल्यान्डका बस, ट्रक, टिप्पर र दोस्त पिकअप बिक्रीका लागि उपलब्ध छन्। पहिलेदेखि नै बजारमा कार्यरत सबै मोडलका यी सवारी साधनको सर्भिसिङ गर्न सकिने कम्पनीको भनाइ छ।































प्रतिक्रिया