प्रहरीले नष्ट गर्‍याे पाँच हजार गाँजाका बोट

प्रहरीले नष्ट गर्‍याे पाँच हजार गाँजाका बोट

केन्द्रबिन्दु
0
Shares

सप्तरीमा प्रहरीले अबैध गाँजा फडानी गर्ने अभियान सुरु गरेको एक महिनाको अवधिमा ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरेर नष्ट गरेको छ। मंसिर १ गते सुरु भएको अभियान २९ गतेसम्म चलेको हो।

अवैध गाँजा फडानी अभियान तीव्र पारेपछि एक महिनामा धेरै संख्यामा गाजाको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्ले जानकारी दिएका छन्।

जिल्ला प्रहरीको  मातहतका ईलाका प्रहरी कार्यालयबाट खटिएका टोलीले ५ हजार ३४ बोट गाँजा फडानी गरी नष्ट गरेको काफ्लेको भनाइ छ।

लागूऔषध प्रयोगकर्ता बढ्दै गएको भनि जनगुनासो बढदै गएपछि गाँजाको बोट नष्ट गर्ने अभियान संचालन गरिएको हो। 

सप्तरीमा व्यवसायिक रुपमा गाँजा खेती नगरिए पनि लुकिछिपी करेसा बारीमा ठूलो संख्यामा गाँजाको बोट लगाएको भेटिएको प्रवक्ता काफ्लेको भनाइ रहेको छ।

Skip This
Skip This
Logo