सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले पहिलो जित हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई १-० अन्तरले हराएको हो।
३८औं मिनेटमा विदेशी मिडफिल्डर निकोलास फर्नान्डेजले गरेको गोलमा जावलाखेलले अग्रता लियो। फर्नान्डेजले ओनयुना जनियरको पासलाई पोस्टको दिशा दिएका थिए।
लिगको पाँचौं खेलमा आएर जावलाखेलले गोल खाता खोलेको हो। यसअघि पहिलो र दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबलाई समान १-० को नतिजा सुम्पिएको जावलाखेलले तेस्रो खेलमा मच्छिन्द्र क्लबलाई २-० को नतिजा सुम्पिएको थियो भने चौंथो खेलमा एपिएफसँग गोलरहित बराबरी खेलेको थियो।
जावलाखेलको पाँच खेलमा चार अंक छ भने समान खेलमा च्यासलको पनि समान चार अंक छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार हुने दोस्रो खेलमा थ्री स्टार क्लबले न्युरोड टिम (एनआरटी)को सामना गर्दैछ। यता, पोखरामा मनाङ र पुलिसबिच खेल भइरहेको छ।































प्रतिक्रिया