नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य अपाङ्गता भएका (खुला) एक पदमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको निर्वाचनमा कूल एक हजार ६४० मतका साथ श्रेष्ठ विजयी भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी बाबुकृष्ण सापकोटाले ८८७ मत प्राप्त गरेका छन् ।
समितिका अनुसार अपाङ्गतातर्फ १२ उम्मेदवार प्रतिस्पर्धामा थिए । प्राप्त मतपरिणाम अरुण केसीले ३२७, उदयबहादुर लिम्बूले २३२, गोपालबहादुर देउवाले २२९, कुमार कँडेल (गजन) ले १०५, धीरेन्द्रकुमार सिंहले १९८, पुष्करकुमार खड्काले १०२, प्रकाश पन्थले २३९, माधवप्रसाद चम्लागाईँले १९८, वसन्तबहादुर भुजेलले १७१ र शिवहरि नेपाल (वैरागी) ले २९० मत प्राप्त गरेका छन् ।































प्रतिक्रिया