प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । तर, एमाले सांसदको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई अगाडि बढाएका छन्।
बैठकलाई कार्यसूचीमा प्रवेश गराउँदै सभामुख सापकोटाले सांसद प्रेम सुवाललाई यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न समय दिए।
सांसद सुवालले प्रमुख प्रतिपक्षी दलका सांसदको नाराबाजी चलिरहेका बेला बैठक अगाडि नबढाउन र बैठकलाई स्थगित गरेर एमाले सांसदलाई सहमतिमा ल्याउन सुझाव दिए। साथै उनले एमसीसी राष्ट्रहितविपरीत रहेकाले यसलाई पारित गर्ने कार्य गर्न नहुने बताए।































प्रतिक्रिया