विश्वप्रकाश शर्मापछि गगन थापा पुगे सिटौला निवास

विश्वप्रकाश शर्मापछि गगन थापा पुगे सिटौला निवास

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेता कृष्णप्रसाद सिटौला निवास पुगेका छन्। पार्टीको १४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएको एक सातापछि थापा मंगलबार नेता सिटौला निवास पुगेर आशीर्वाद मागेका छन्। 

कांग्रेसको १३औं महाधिवेशनमा थापा र सिटौला एउटै समूहमा थिए। सिटौला सभापति र थापा महामन्त्रीका उम्मेद्वार थिए तर दुवै पराजित भए। त्यस यता थापा सिटौला समूहबाट रामचन्द्र पौडेल समूहमा लागे । १४औं महाधिवेशनमा थापाले डा.शेखर कोइराला समूहबाट महामन्त्रीमा उम्मेद्वारी दिए र, तीन हजारभन्दा बढी मत ल्याएर चुनाव जिते।

महामन्त्री थापाले आशीर्वाद मागेपछि सिटौलाले पार्टीलाई एक ढिक्का बनाएर लैजान सुझाव दिएका थिए। उनले विगतका तितामिठा कुरा बिर्सेर काम गर्न सल्लाह दिएका थिए। 

आइतबार मात्रै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा नेता सिटौला निवास पुगी आशीर्वाद मागेका थिए। सिटौलाले आशीर्वाद दिँदै यो भन्दा पनि माथि पुग्नु भनेका थिए।

Logo