माओवादी केन्द्रद्वारा राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

माओवादी केन्द्रद्वारा राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरिएको छ। यही ११ पुसबाट सुरु हुने राष्ट्रिय सम्मेलनको बुधबार लोगो सार्वजनिक गरिएको हो।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टी कार्यालय पेरिसडाँडामा बुधबार आयाेजित पत्रकार सम्मेलनमा लाेगाे सार्वजनिक गरेका हुन्।

लोगोमा ‘नयाँ क्रान्ति विचार क्रान्तिकारी पार्टी निर्माणका लागि’ लेखिएको छ भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित हँसिया हथौडा बोकेको र केही धार्मिक स्थलको चित्र देखिन्छ। 

Skip This
Skip This
Logo