बुधबार बोलाइएको न्याय सेवा आयोगको वैठक स्थगित भएको छ।
लोक सेवा आयोगका अध्यक्ष तथा न्याय सेवा आयोगका सदस्य माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेकोले बैठक स्थगित गरिएको न्याय परिषद् सचिवालयले जनाएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न आयोगको बैठक अपराह्न ३ बजेका लागि बोलाएका थिए।




















