कांग्रेसमा सुदूरपश्चिमबाट सभापति, सहमहामन्त्रीसहित १७ जना विजयी

कांग्रेसमा सुदूरपश्चिमबाट सभापति, सहमहामन्त्रीसहित १७ जना विजयी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सुदूरपश्चिमबाट कांग्रेस सभापति, सहमहामन्त्रीदेखि केन्द्रीय सदस्य गरी १७ जना निर्वाचित भएका छन्।

१४औं महाधिवेशनबाट कांग्रेस सभापतिमा डडेल्धुराका शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा कांग्रेस सभापतिमा दोस्राेपटक निर्वाचित भएका हुन् । सहमहामन्त्रीमा बाजुराका बद्री पाण्डे विजयी भएका छन् । उनी यसअघि केन्द्रीय सदस्य थिए । 

खुला केन्द्रीय सदस्यमा कञ्चनपुरका एनपी साउद र रमेश लेखक, डडेल्धुराका नैनसिंह महर तथा दार्चुलाका दिलेन्द्रप्रसाद बडू विजयी भएका छन् । 

महिला केन्द्रीय सदस्यतर्फ डडेल्धुराकी आरजु राणा देउवा तथा कैलालीबाट ईश्वरी न्यौपाने विजयी भएका छन् । भूगोलतर्फ कैलालीका डा. रणबहादुर रावल, कञ्चनपुरका यज्ञराज जोशी, कैलालीकी सुशीला मिश्र भट्ट विजयी भएका छन् । 

दलित खुलातर्फ कैलालीका नृपबहादुर वड र बझाङका प्रकाश स्नेही रसाइली विजयी भएका छन्। थारु खुलातर्फ कैलालीका रामजनम चौधरी र जीवन राना, पिछडिएको क्षेत्रबाट बझाङका अर्जुनजंगबहादुर सिंह तथा खस आर्यतर्फ अछामका गोविन्दबहादुर शाह विजयी भएका छन्। 

जिल्लागत रूपमा हेर्दा डडेल्धुराबाट सभापतिसहित तीनजना, बाजुराबाट एक सहमहामन्त्री, कैलालीका ६ जना केन्द्रीय सदस्य, कञ्चनपुरका तीनजना केन्द्रीय सदस्य, बझाङबाट दुईजना केन्द्रीय सदस्य तथा अछाम र दार्चुलाका एक/एकजना केन्द्रीय सदस्यमा विजयी भएक छन्। बैतडीबाट केन्द्रीय सदस्य निर्वाचित भएका छैनन्।

विजयी १७ मध्ये संस्थापन पक्षबाट १४ तथा इतर समूहबाट तीनजना विजयी भएका छन्। कांग्रेस सहमहामन्त्रीमा विजयी भएका बद्री पाण्डे, केन्द्रीय सदस्य दिलेन्द्र बडू र बझाङका प्रकाश स्नेही रसाइली इतर समूहका हुन्।

Skip This
Skip This
Logo