माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन: २५ समूह बनाएर छलफल चलाउने

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन: २५ समूह बनाएर छलफल चलाउने

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि २५ वटा समूह बनाउने गरी गृहकार्य गरिरहेको छ।

यही ११ पुसदेखि सुरु हुने माओवादीको प्रथम राष्ट्रिय सम्मेलन प्रस्ताव हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान प्रतिवेदनका बारेमा छलफल गर्नका लागि २५ वटा समूह बनाएर दुई दिनसम्म छलफल चलाउने गरी गृहकार्य गरिरहेको हो।

‘राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान प्रतिवेदन माथि छलफलका लागि २५ वटा समूह निमार्ण गर्नेछौं,’ व्यवस्थापन समितिका संयोजक हितमान शाक्यले भने, ‘त्यसका लागि प्रज्ञा भवनका सबै हलहरू बुक गरिसकेका छौं, अपुग हुने ७-८ समूहलाई भने पेरिसडाँडामा स्थान तोक्दैछौं।’ 

उनका अनुसार प्रज्ञा भवनकाे चौरमा पनि समूहगत छलफल हुने गरी व्यवस्थापन गर्न लागिएको छ।

माओवादीको राष्ट्रिय सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, जेष्ठ कम्युनिष्ठ १२५, आयोग ७५, केन्द्रीय विभाग १०२, केन्द्रीय प्रतिनिधि २७, मनोनित हुने ७३ जनासहित एक हजार ५३३ जना प्रतिनिधिले सहभागिता जनाउँदैछन्।

Skip This
Skip This
Logo