विश्वकै जेष्ठ महिला भनि दाबी गरिएकी चीनकी एक बृद्धाको निधन भएको छ। विश्वकै बृद्ध महिला भनि दाबी गरिएकी १३५ वर्षीया अलिमिहन सियिटीको मृत्यु भएको हो। उनी चीनको स्वायत्त उइगुर प्रान्तकी बासिन्दा हुन्।
चीनमा जन्म र मृत्युबारे तथ्यांक संकलन गर्ने पब्लिसिटी डिर्पाटमेन्टका अनुसार सियातीको जन्म सन् १८८९ को २५ जुनमा भएको थियो।
सियिटीको विवाह १७ वर्षको उमेरमा सन् १९०३ मा भएको थियो । उनका ४३ नाती र पनाती छन् । सरकारले उनलाई सन् २०१३ मा चीनकै सबैभन्दा जेष्ठ जीवित महिला घोषणा गरेको थियो।
मृत्यु हुनुअघिसम्म उनको दैनिकी सामान्य थियो । चीन सरकारले उनलाई विश्वकै जेष्ठ महिला भनेर दाबी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट भने मान्यता पाएकी थिइनन् ।
सियिटीलाई विश्वकै जेष्ठ महिला घाेषित गर्न र स्वतन्त्र ढंगले पुष्टि गर्न कसैले अनुरोध नगरेको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ।एजेन्सी





























प्रतिक्रिया