वाग्मती प्रदेशको बैठक एमालेद्वारा अवरुद्ध

वाग्मती प्रदेशको बैठक एमालेद्वारा अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

वाग्मती प्रदेशसभाको आजको बैठक पनि अवरुद्ध भएको छ।   

प्रदेशसभाको आजको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेस गर्न लाग्दा नेकपा (एमाले) का प्रदेशसभा सदस्य केशवराज पाण्डेले बुधबारकाे बैठकमा आफ्नो दलले राखेका विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने बताए।

यसपछि सभामुख श्रेष्ठले अर्को सूचना नआएसम्म बैठक स्थगित भएको बताए। आजको बैठकमा उद्योग, पर्यटन, उच्च शिक्षासम्बन्धी विधेयक प्रस्तुत गर्ने  कार्यसूची थियो। 

Skip This
Skip This
Logo