सेयर बजारमा हरियाली, दोहोरो अंकले बढ्यो नेप्से

सेयर बजारमा हरियाली, दोहोरो अंकले बढ्यो नेप्से

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १२ दशमलव ५३ अंकले बढेर दुई हजार ५२० दशमलव २३ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो। 

बिहीबार चार अर्ब ४९ करोड २ लाख बराबरको कारोबार भएको छ। बुधबार चार अर्ब ५२ करोड ३३ लाख बराबरको कारोबार भएको थियो। बिहीबार सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिष्ट्रिलरी रहेको छ। यस कम्पनीको ३६ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ।  

बिहीबार कारोबारमा आएका सबै समूहको सूचकमध्ये विकास बैंक, हाइड्रोपावर र फाइनान्सबाहेक सबै समूहको सूचक हरियाे देखिएका छन्। नेप्सेकाअनुसार बिहीबार शिखर इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ६८८ रुपैयाँ पुगेको छ।

त्यस्तै, बरुण हाइड्रोपावरको सेयर मूल्य पनि नौ दशमलव ३१ प्रतिशतले बढेर प्रतिकित्ता ४९३ रुपैयाँ पुगेको र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ दशमलव सात प्रतिशतले बढेर प्रतिकित्ता चार हजार ४९८ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ। गोर्खाज फाइनान्सको सेयर मूल्यमा सबैभन्दा गिरावट आएको छ। आज यसको सेयर मूल्य छ दशमलव ७४ प्रतिशत भन्दा बढीले घटेको छ।

Logo