कांग्रेस केन्द्रीय सदस्यमा विराटनगरका मेयर भीम पराजुली निर्वाचित

कांग्रेस केन्द्रीय सदस्यमा विराटनगरका मेयर भीम पराजुली निर्वाचित

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा विराटनगरका मेयर भीम पराजुली निर्वाचित भएका छन्। खसआर्य तर्फबाट उम्मेद्वारी दिएका उनी बिहीबार बेलुका सम्पन्न मतगणनामा निर्वाचित भएका हुन्। पराजुलीले १७६७ मत पाएका छन्।

०७४ सालमा स्थानिय निकायकाे चुनाव जितेर विराटनगर महानगरपालिकाको नेतृत्व गरिरहेका मेयर पराजुलीले तत्कालै संघको राजनीति गर्ने कुनै रहर नभएको र अझै एक पटक विराटनगर महानगरकै मेयर भएर काम गर्ने इच्छा भए पनि केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिने केन्द्रबिन्दुसँगको अन्तर्वार्तामा बताएका थिए।

उनले आफू मेयर भएदेखि रात दिन समाजसेवामा लागि परेको पनि बताएका छन्। उनले भने ‘म रातदिन समाजसेवामा खटिएको छु। मेयर भएदेखि ५ घण्टा भन्दा सुतेको छैन। अब केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टीप्रति थप जिम्मेवारी थपिएकाे महसुस गरेकाे छु।’ 

बाल्यकालदेखि नै कला र साहित्य प्रति लगाव राख्दै आएका पराजुली आफ्ना बुबा र दाजुको प्रेरणाले गर्दा राजनीतिमा आएको बताउँछन्। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्राकाे थालनी गरेका मेयर पराजुली विराटनगरको प्रमुखमध्येको  एक महेन्द्र मोरङ क्याम्पसको स्वबियु सभापति समेत भइसकेका छन् । 

मेयर भीम पराजुलीसँग यस अघि केन्द्रबिन्दुका लागि निकेश बरालले लिएको अन्तर्वार्ता हेराैं याे भिडियाेमा 

 

Skip This
Skip This
Logo