कांग्रेस प्रदेश २ सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी

कांग्रेस प्रदेश २ सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस प्रदेश २  सभापतिमा कृष्ण यादव विजयी भएका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पक्षबाट चुनाव लडेका उनले रामसरोज यादवलाई हराएका हुन्। 

कूल १८८१ मत खसेकामा कृष्णले ९ सय ९६ मत पाए। रामसरोजले ८ सय ५५ मत मात्र ल्याए। २८ मत बदर भएकाे छ।

रामसरोज विमलेन्द्र निधि पक्षका हुन्। उनलाई शेखर कोइराला पक्षले पनि साथ दिएकाे थियाे।

बाँकी पदाधिकारीको मतगणना आजबाट सुरु हुने निर्वाचन समितिले जानकारी दिएकाे छ।

कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन विवादका कारण रोकिएको थियो। बिहीबार मतदान भएको  थियाे।

Skip This
Skip This
Logo