जाे १५ वर्षदेखि ओढारमै छन्, सम्पत्तिको नाउँमा फाटेको कम्बल

जाे १५ वर्षदेखि ओढारमै छन्, सम्पत्तिको नाउँमा फाटेको कम्बल

केन्द्रबिन्दु
0
Shares

जुम्लाको अहिले तापक्रम माइनस ६ डिग्री छ। जस कारण जुम्लावासीलाई चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ। तर, चन्दननाथ नगरपालिका–१ स्थित कुलालवाडाका ४६ वर्षीय चेते कुलाल १५ वर्षदेखि ओढारमै बस्दै आएका छन्। 

घर नभएपछि उनी १५ वर्षदेखि ओढारमा बास बस्दै आएका हुन्। उनीसँग सम्पत्तिको नाउँमा एउटा फाटेको कम्बल छ। उनी बिहान बेलुकका छाक टार्नका लागि सडकमा भौँतारिँदै हिँडेका छन्। स्थानीय सरकार आएको करिब पाँच वर्ष पुग्न लागिसकेको छ। तर, उनी वर्षाैंदेखि गाँसबासको खोजीसँगै ओढारमा रात बिताउँदै आएका छन्। 

चेते कुलाल हिमपातमा होस् या वर्षायाममा झरीलाई झेलेर किन नहोस्, ओढारमा बस्दै आएका छन्। बिहान सबेरै गाँसको व्यवस्थाका लागि गाउँदेखि जिल्ला सदरमुकामसम्म उनी पुग्ने गरेका छन्।

गाउँमा हुने राहत वितरणमा उनले नपाउने गरेको गुनासो स्थानीयले गरेका छन्। तर, स्थानीय तहले भने उनलाई राहत उपलब्ध गराउने गरेको दाबी गरेको छ। 

चेते कुलाल भोक लाग्नेबितिकै माग्न हिड्ने गरेका छन्। गाउँमा कसैले दिएमा उनले खान पाउँछन् । नत्र उनी भोकै ओढारमा बस्छन् । चेतेलाई छाडेर श्रीमती र छोरा अलग्गै बस्छन्। 

Skip This
Skip This
Logo