सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ ।
शुक्रवार मन्त्रीपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
त्यस्तै सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।
प्रवक्ता कार्कीका अनुसार बैठकले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र जिल्ला सभा रुपन्देहीको जग्गा रोडी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निर्णयसमेत गरेको छ ।
प्रवक्ता कार्कीले भने, ‘औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने । विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न, सैद्धान्तिक स्वीकृति गर्ने । क्रिसमस डेको अवसरमा २०७८ पुस १० गते सार्वजनिक बिदा दिने । संघठन तथा व्यवस्थापन सर्वेक्षणको लागि पूर्व स्वीकृति दिने । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने । जिल्ला सभा रुपन्देहीको जग्गा रोडी गाउँपालिका नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने । हुलाक वस्तुको महसुल दर रेट पुनरावलोकन गर्ने । वैदेशिक द्रुत डार्क सेवा, इएमएस महसुल पुनः पुनरावलोकन गर्ने ।’
प्रवक्ता कार्कीले सरकारले हुलाक वस्तुको महसुल दर रेट पुनरावलोकन गर्ने र वैदेशिक द्रुत डार्क सेवा, इएमएस महसुल पुनः पुनरावलोकन गर्ने निर्णयसमेत गरेको बताएका छन् ।
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
#kendrabindu #publicholiday
Posted by Kendrabindu – केन्द्रबिन्दु on Friday, 24 December 2021































प्रतिक्रिया