नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पार्टी स्थायी कमिटी बैठकमा पेस गरेका छन् ।
शुक्रवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन छलफलका लागि पेस गरेका हुन् । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । सोही सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन अध्यक्ष दाहालले आज बिहान बसेको स्थायी कमिटीमा बैठकमा पेस गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले सो प्रतिवेदनमाथि छलफल गर्न अपराह्न ३ बजेपछि बैठक पुनः बोलाइएको पनि बताएका छन् । उनले भने, ‘पर्सी देखि सम्मेलन सुरु हुँदैछ, तपाईँहरूलाई थाहा छ । अध्यक्ष कमरेडले डकुमेन्ट प्रस्तुत गर्नु भयो । प्रस्तुत मात्रै भएको छ, वाचन गर्नु भयो । र त्यसमा हामी छलफल गर्ने क्रममा छौँ । त्यसका लागि ३ बजे फेरी बैठक बस्दैछ ।’
बैठकले नेकपा (मसाल)सँग विद्रोह गरी बनेको नेकपा मसाल माओवादी केन्द्र र प्रभात चलाउने नेतृत्वको नेकपाको सिंगो टिमसँग पार्टीमा एकीकरण गर्ने निर्णय पनि गरेको नेकपा (माओवादी केन्द्र)ले जनाएको छ ।
पार्टी स्थायी कमिटीमा माओवादी केन्द्रका अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन पेश
पार्टी स्थायी कमिटीमा माओवादी केन्द्रका अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन पेश
#kendrabindu #mahobadikendra #nepalinews
Posted by Kendrabindu – केन्द्रबिन्दु on Friday, 24 December 2021





























प्रतिक्रिया