सानिमा जनरल इन्स्योरेन्सले ३० पुसमा वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले बिहान ११ बजे स्मार्ट क्याफे एण्ड बैङक्वेट, धुम्बाराहीमा चौथो वार्षिक साधारणसभा आह्वान गरेको हो।
सभामा लाभांश प्रस्तावको कुनै एजेण्डा नै छैन। यसअनुसार सेयरधीको हात खाली हुनेछ। सञ्चालक समितिले पेस गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ।
लेखा परीक्षणको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरणसहित एनएफआरएस बमोजिमको वित्तीय विवरणहरू माथि छलफल हुने लगायतका एजेण्डा छन्।
सभा प्रयोजनको लागि कम्पनीले १९ पुसमा बुक क्लोज गर्ने जनाएको छ। यसर्थ, १८ पुषसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्रै सभामा भाग लिन सक्नेछन्।































प्रतिक्रिया