अध्ययन गरेर मात्र एमसीसी पारित गर्ने प्रक्रियाअघि बढाउनु पर्छ: माधव नेपाल

अध्ययन गरेर मात्र एमसीसी पारित गर्ने प्रक्रियाअघि बढाउनु पर्छ: माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अध्ययन गरेर मात्र एमसीसी सदनबाट पारित गराउने प्रक्रियाअगाडि बढाउनु पर्ने बताएका छन्। 

सल्यानमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका अध्यक्ष नेपालले शुक्रबार पत्रकारसँग भेटघाटमा आर्थिक सहयोग मात्र भए एमसीसी पास गर्नुपर्ने र अन्यथा पारित गर्न नहुने बताए। 

‘एमसीसीसम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं। त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं ,’ उनले भने ‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग नि:स्वार्थ हो भने हामी स्वीकार्छौं। सबै कुराको सुनिश्चित छैन तथा स्वार्थगत छ भने हामी कदापी स्वीकार्दैनौं।’

एमसीसी पास गर्ने अधिकार जनतामा रहेको र त्यो विषय जनतामा लैजानु पर्ने अध्यक्ष नेपालले बताए। 

Skip This
Skip This
Logo