संस्मरण सङ्ग्रह ‘आँगन छाेडेपछि’ लोकार्पण

संस्मरण सङ्ग्रह ‘आँगन छाेडेपछि’ लोकार्पण

केन्द्रबिन्दु
0
Shares

पुल्चोक इन्जिनियर कलेजमा आप्रवासी नेपाली इन्जिनियरहरूको सङ्घर्ष र सपनाको कथा आँगन छाेडेपछि (संस्मरण सङ्ग्रह) लोकार्पण भएको छ। इ. जिवा लामिछाने, इ. गोविन्द गौतम, इ. खड्गसेन ओली, सम्पादक इ. केशव ज्ञवाली समिक्षक राजकुमार वानियाले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे।

पुस्तकमाथि समीक्षा गर्दै समिक्षक राजकुमार वानियाँले बौद्धिक वर्गका इजिन्यिरहरूको सङ्घर्ष र सफलताको कथा राम्रोसित प्रस्तुत भएको बताए। 

लेखक तथा एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछानेले पुल्चोक क्याम्पसको आफ्नो यात्रादेखि हालको व्यवसायसम्मको इतिहासलाई सानो रुपमा प्रस्तुत गरेको बताए। पुस्तकमाथि बोल्दै इ. खड्गसेन ओलीले इन्जिनियरहरूको साहित्य पाटो यस पुस्तकमा समावेश भएको र यसले इन्जिनियर मात्र होइन सबैलाई संघर्ष गर्न प्रेरणा दिने बताए।

शिखा बुक्सले प्रकाशन गरेको संस्मरणमा १७ जना इन्जिनियरको संस्मरण समावेश छ। कृष्ण कुसुम र केशवराज ज्ञवाली सम्पादक गरेको पुस्तकको मूल्य रु.३०० रहेको छ । 

Skip This
Skip This
Logo