महिला भलिबल टोलीको लगातार तेस्रो जित

महिला भलिबल टोलीको लगातार तेस्रो जित

केन्द्रबिन्दु
0
Shares

नेपाली महिला भलिबल टोलीले आयोजक बंगलादेशमाथि एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा शनिबार सहज जित निकालेको छ। 

बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा प्रतियोगिताको तेस्रो दिनमा नेपालले घरेलु टोलीमाथि २५-५, २५-१५ र २५-१७ को सोझो सेटमा पराजित गर्‍यो। 

नेपाली महिला टोलीको यो लगातार तेस्रो जित हो। यसअघि साविक विजेता नेपालले आफ्नो पहिलो खेलमा बिहीवार श्रीलंकाविरुद्ध ३-२ र शुक्रबार माल्दिभ्सविरुद्ध ३-० को जित निकालेको थियो। 

जितसँगै महिला टोलीले शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। 

महिला टोलीले आइतबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउँसो १:१५ मा हुनेछ। 

शनिबार नै हुने पुरुषतर्फको खेलमा नेपाली पुरुष टोलीले श्रीलंकाको सामना गर्दैछ। खेल साँझ ५ः४५ मा हुनेछ।

Skip This
Skip This
Logo