एसीसी यू–१९ एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज आइतबार श्रीलंकाविरुद्ध खेल्दैछ। सेमिफाइनलामा स्थान बनाउन जित्नै पर्ने दबाबबीच नेपालले बिहान सवा ११ बजे सारजाहमा श्रीलंकाको चुनौती सामना गर्नेछ।
पहिलो खेलमा नेपाल बंगलादेशसग १५४ रनले पराजित भएको थियो। श्रीलंकाले भने पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो।
नेपालको युवा टोलीले श्रीलंकासँग हालसम्म ५ पटक खेलेको छ। २००८ यता २०१९ सम्म आईपुग्दा पाँचै खेलमा श्रीलकाले नेपाललाई पराजित गरेको छ।
जारी प्रतियोगितामा समूह ‘बी ’मा दुई खेलमा शतप्रतिशत नतिजा ल्याएको बंगलादेश चार अंकसहित शीर्ष स्थानमा छ। एक खेलमा दुई अंक बटुलेको श्रीलंका दोस्रो स्थानमा छ। एक खेल खेलेको कुवेत र दुई खेल खेलेको नेपालले अंक खाता खोलेका छैनन्।
दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। त्यसैले सेमिफाइनल प्रवेशको सम्भावना जीवित राख्न नेपाललाई श्रीलंकाविरुद्ध जितको विकल्प छैन।
समूहको अन्तिम खेलमा नेपालले मंगलबार कुवेतको सामना गर्नेछ।































प्रतिक्रिया