तीन वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतवार) रहेको छ।
नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंक, महुली लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवारसम्म रहेको छ।
मुहली लघुवित्त वित्तीय संस्थाले पुस १२ गते बुक क्लोज गरेसँगै आइतवार पुस ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २४ गते साधारण सभा आयोजना गरेको छ।
कम्पनीले सभा केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णसवरण-६ मुहली, सप्तरीमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ ।
यस्तै एनसीसी बैंकले पुस १२ गते एक दिन बुक क्लोज गरेसँगै आइतवार पुस ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशलमव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ। कम्पनीले सभा होटल हार्दिक बागबजारमा हुने जानकारी दिएको छ।
त्यसैगरी विजय लघुवित्त वित्तीय संस्थाले पुस १२ गते देखि २४ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस ११ गते आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० दशमलव शून्य ३ प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २४ गते साधारण सभा बोलाएको छ। कम्पनीले सभा गैंडाकोट रिसोर्ट गैडाकोट-५, नवलपरासीमा बिहान ११:३० बजे शुरु हुने जानकारी दिएको छ।





























प्रतिक्रिया