आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ललितपुरको पाँचौँ जिल्ला अधिवेशनले सन्जय श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । ललितपुरमा शनिवार भएको पाँचौँ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिवेशनले १३ जनाको कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रकाश थिङ, सचिवमा सुनिता बटाजु, सह-सचिवमा शुभप्रभात राई र कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठलाई निर्वाचित गरेको छ ।
अधिवेशनमा फोनिजलाइ एकताबद्ध, सुदृढ र सक्रिय बनाउन सबै फोनिजका सदस्यलाई लाग्न अध्यक्ष श्रेष्ठले आग्रह गरेको छन् । उनले आफूले कार्यसमितिको भावना, चाहना र आवश्यकता अनुसार अगाडी बढ्ने भन्दै अध्यक्षभन्दा पनि सहपाठी साथीको रूपमा काम गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।





























प्रतिक्रिया