चीनमा चार महिनापछि सबैभन्दा धेरै काेराेना सङ्क्रमित थपिए

चीनमा चार महिनापछि सबैभन्दा धेरै काेराेना सङ्क्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

चीनमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ। 

विगतमा सङ्क्रमितको सङ्ख्या घट्दै गएपनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन्।

कोरोना भाइरसको सबैभन्दा पहिला पुष्टि भएको मुलुक चीनमा महामारीको न्युनिकरण भने अरु देशमा भन्दा राम्रोसँग भएको थियो । सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोना भाइरसको पुष्टि चीनमा भएको थियो । 

सुरुमा उच्च सतर्कता गरेकाले चाँडो महामारी न्युनिकरण गर्न सफल भएको थियो भने चीनले कोरोना भाइरसविरुद्धको खोप पनि उत्पादन गरेको छ। 

चीनमा उत्पादन गरिएको खोप अहिले विश्वका धेरै देशका नागरिकले लगाइसकेका छन्। अहिले फेरि सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सतर्कता पनि बढाउन थालिएको अधिकारीले जानकारी दिएका छन्। 

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा १४० जना नयाँ सङ्क्रमित भेटिएको पुष्टि गरिएको हो। ती मध्ये ८७ जना स्थानीय स्थानान्तरण र अरु बाहिरबाट सरेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

Skip This
Skip This
Logo