माओवादी महाधिवेशन: हाँसोको पात्र बनिन् राप्रपा महामन्त्री कुन्ती शाही

माओवादी महाधिवेशन: हाँसोको पात्र बनिन् राप्रपा महामन्त्री कुन्ती शाही

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको आठौँ अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । काठमाडौंको प्रज्ञा भवनमा चलिरहेको महाधिवेशनलाई शुभकामना दिने पहिलो वक्ता बनिन् राप्रपा महामन्त्री कुन्ती शाही । 

उनले सम्बोधन गर्ने क्रममा सहभागीहरू हाँसे । कारण थियो, अतिथिको नाम र पद सही उच्चारण गर्न नसक्नु ।

सुरुमा उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन् । त्यसपछि नेकपा एमाले भन्नुपर्नेमा नेकपा भनिन् । एमाले महासचिव शंकर पोखरेल भन्नुपर्नेमा उनले नेकपा महासचिव ईश्वर पोखरेल भनेपछि सहभागी हाँसेका हुन् ।  

शाहीले माओवादी केन्द्रको महाधिवेशनको सफलताको शुभकामनासमेत दिइन् । महाधिवेशनले महिलाको अधिकार ल्याउन सफल होस् भनेकी  थिइन् ।

Skip This
Skip This
Logo