ओलीसँग आज मेराे कुराकानी भएकाे थियाेः प्रचण्ड

ओलीसँग आज मेराे कुराकानी भएकाे थियाेः प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच कुराकानी भएको छ। 

नेकपा माओवादी केन्द्रको आजबाट सुरु भएको महाधिवेशन अघि प्रचण्ड र ओलीबीच कुराकानी भएको हो ।

ओलीलाई प्रचण्डले आफूहरुको महाधिवेशनमा सहभागी हुन निम्तो गर्नका लागि आइतबार विहान फोन गरेको जानकारी दिएका छन्। 

'मैले उहाँलाई फोत गरेको थिएँ' प्रचण्डले भने, 'झापामा हुनुहुँदो रहेछ। काठमाडौंमा भए आइहाल्थें भनेर भन्नु ‍भयो ।  सम्मेलनमा कोही अरु नेता नबोलाउने भनेर म आइहालें, भन्नु भयो, महासचिवलाई पठाउँछु भन्नुभयो। महासचिवको रुपमा उहाँले जे राख्नुभयो त्यो मनन गर्न योग्य छ।'

तत्कालीन नेकपा विभाजित भएपछि ओली र प्रचण्डबीच कुराकानी हुन सकेको थिएन।

Skip This
Skip This
Logo