प्रदेश नं २ ले प्रदेशसभा बैठकले प्रदेश प्राविधिक विश्वविद्यालयसम्बन्धी अध्यादेश, २०७८ पारित गरेको छ। प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेश सरकारद्वारा ल्याइएको सो अध्यादेश बहुमतले पारित गरेको हो।
बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले सो अध्यादेश स्वीकृत गरियोस् भनी पेश गरेको प्रस्ताव बहुमत प्रदेशसभा सदस्यले पारित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।
मन्त्री साहले पेश गरेको अध्यादेश अस्वीकृत गर्न प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य परमेश्वर साहले प्रस्ताव पेश गरेका थिए। सो प्रस्ताव बैठकले अस्वीकृत गरेको छ।
यसअघि गत पुस ८ गते बसेको प्रदेशसभा बैठकमा कृषि विश्वविद्यालयसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो। प्रदेश सरकारले सप्तरी सदरमुकाम राजविराजमा प्रदेश कृषि विश्वविद्यालय र वीरगञ्जमा प्रदेश प्राविधिक विश्वविद्यालय स्थापना गर्न अध्यादेश ल्याएको थियो ।































प्रतिक्रिया