कांग्रेस प्रदेश २ अधिवेशन परिणाम: देउवा समूहको वर्चश्व

कांग्रेस प्रदेश २ अधिवेशन परिणाम: देउवा समूहको वर्चश्व

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको प्रदेश २ मा सभापति शेरबहादुर देउवा समूहकाे वर्चश्व रहेको छ। नौ पदाधिकारीसहित ६७ जना प्रदेश कार्यसमितिको लागि भएको निर्वाचन परिणाम देउवा पक्षमा देखिएको छ। देउवा समूहबाहेक दुई जना मात्र विमलेन्द्र निधि र शेखर कोइराला समूहबाट सदस्यमा निर्वाचित भएका छन्। 

निधि–कोइराला समूहका खुला सदस्यमा जीवना चौधरी र महिला खुलातर्फ रेखा यादव निर्वाचित भएका छन्। त्यसबाहेक सबै पदमा देउवा समूहकै निर्वाचित भएको निर्वाचन समितिका एक पदाधिकारीले बताए। यद्यपि मतगणना सम्पन्न भए पनि अहिलेसम्म निर्वाचन समितिले विजेताहरुको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन।  

प्रदेश समितिका नौ जना पदाधिकारीमा सबै देउवा समूहले निर्वाचित भएका छन्। त्यसैगरी, खुला सदस्यमा १४ जनामा एक जना मात्र जीवननाथ चौधरी निधि कोइराला समूहका जितेका छन् भने बाँकी सबै सदस्य देउवा समूहकै रहेको बताइएको छ। 

त्यसैगरी, महिला खुलातर्फ निधि–कोइराला समुहकी रेखा यादव निर्वाचित भएकी छिन्। विभिन्न कलस्टरहरूमा पनि देउवा समूहबाट उम्मेद्वारी दिएकाहरू निर्वाचित भएका छन्। यसरी ६७ जना कार्यसमितिमा ६५ जना देउवा समूहकै रहेको छ।  

Logo