समाजसँग बालबालिकालाई जोड्न आवश्यक छ : गगनकुमार थापा

समाजसँग बालबालिकालाई जोड्न आवश्यक छ : गगनकुमार थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका छन्। सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका हुन्। 

उनले कोरोनाका कारण बुबाआमा गुमाएका बालबालिकाहरुको शिक्षामा कुनै बाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान शुरु गरेको बताए। महामन्त्री थापाले बालबालिकाहरुमा समाजले पनि केही गर्छ भनेर भरोसा ल्याउनका लागि र समस्यामा परेका बालबालिकाका लागि उचित शिक्षा दिनको लागि अभियानले काम गर्ने बताए।

भरोसा छात्रवृत्ति अभियान ७ वटै प्रदेशका २/२ वटा जिल्लामा शुरु हुनेछ। उक्त जिल्लाहरुमा कोरोनाका कारण आमाबुबा गुमाएका विद्यार्थीहरुको शिक्षाका लागि सहयोग गर्ने र आवश्यकताको आधारमा डिसहोमको नेटवर्कबाट छात्रावृत्ति रकम उपलब्ध गराउने बताए।

Skip This
Skip This
Logo