सुरु भयो माओवादी केन्द्रको स्थायी समिति बैठक

सुरु भयो माओवादी केन्द्रको स्थायी समिति बैठक

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा स्थायी समितिको बैठक बसिरहेको हो । 

आठौँ महाधिवेशन चलिरहेका बेला पार्टी पदाधिकारी सहमतिमै टुंग्याउने विषयमा छलफल गर्न स्थायी समिति बैठक बसिरहेको हो । 

गत आइतबारबाट सुरु भएको आठौँ महाधिवेशनको बन्द सत्रमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि २५ वटा समूहमा मंगलबार छलफल भइरहेको छ । 

समूहका नेताहरूले बुधवार निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको नेता कृष्णबहादुर महराले जानकारी दिए । 

जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ । 

Skip This
Skip This
Logo