पुर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का नेता डा.बाबुराम भट्टराई नन्कुनी धोवी र निर्मला कुर्मीलाई न्याय दिलाउन सडकमा उत्रिएका छन् ।
सोमबार माइतीघर मण्डलामा धर्नामा बसेका रुबी खान नेतृत्वमा रहेको संर्घष समितिसँग घटना बारे बुझ्दै मृतक निर्मला कुर्मी र घाइते नन्कुनी धोबीको न्यायका निम्ति आफू र आफ्नो पार्टीले सक्दो आवाज उठाउने बताएका हुन् । रुबी खानको नेतृत्वमा १६ जना महिला सहित बाँकेको नेपालगन्जबाट दोस्रो चरणको आन्दोलनका तयारी गरेर गत मंसिर ९ गते हिँडेका थिए । २० दिनको पैदल यात्रा पश्चात् काठमाडौँ आइपुगेको थिए । १२ वर्ष देखि न्याय नपाएका उनीहरू न्यायका निम्ति भौँतारिरहेका छन् ।
घटना बारे बुझेपछि भट्टराईले भने, ‘घटना हेर्दा अपराधजन्य घटना भएको अनुमान गर्न सकिन्छ । बिधुवा महिला जसका छोराहरू मारिएका छन् र सम्पत्ति अपत्यारिलो ढङ्गले कसैको नाममा गरिएको छ । घटनाले अपराधी पहुँचवाला देखाउँछ । राज्यले अपराधीको पक्षमा उभिनु र जनतालाई सुरक्षा नदिनु गम्भीर गल्ती हो । ’
भट्टराईले अहिलेसम्म घटनाको सत्य तथ्य बाहिर नआउनु राज्यको मिलेमतो रहेको तथा अपराधीलाई राज्यले संरक्षण गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।































प्रतिक्रिया